कायरोमा नेपाल-इजिप्ट सांस्कृतिक महोत्सव, कोरिए नेपालका चित्रहरु

थप चलचित्र

दाउरे र चन्दनको बगैँचा

🌿 चन्दनको सुगन्ध र जीवनको मूल्य | एउटा राजा,...
00:06:30

क्रिएशन (Alkotás / Creation)

'क्रिएशन (Creation)' हंगेरीका निर्देशक बेला क्लिङ्गल (Béla Klingl) द्वारा...

Protected: Wander to Wonder (विस्मयतिर भौतारिदै)

पुरै चलचित्र हेर्न यहाँ जानुहोस Wander to Wonder तीन...
00:03:19

डार्क ग्लोब

Dark Globe short film by Donato Sansone यो छोटो फिल्मले...

द रेड स्कार्फ

द रेड स्कार्फ एउटा मार्मिक एनिमेटेड छोटो चलचित्र हो,...

सामाजिक संजालमा बाड्नुहोस्

कृष्णपक्ष थापा, जेरुसलेम । यही डिसेम्बर २१ तारिख आइतबार इजिप्टको राजधानी कायरोमा विभिन्न विद्यालयमा अध्ययनरत बालबालिकाको सहभागितामा नेपाल-इजिप्ट सांस्कृतिक महोत्सव आयोजना गरियो।

नेपालको कायरोस्थित राजदूतावासले इजिप्ट सुप्रीम कल्चरल काउन्सिल र नेसनल चिल्ड्रेन कल्चर सेन्टरसँगको सहकार्यमा महोत्सव आयोजना गरेको हो।

कायरोको सैयदा जैनाबस्थित चिल्ड्रेन पार्कमा आयोजना गरिएको विद्यालयस्तरीय कला प्रतियोगितामा सहभागी इजिप्टका बालबालिकाले नेपालका प्राकृतिक, सामाजिक, र सांस्कृतिक विविधतालाई चित्रकला र काठका कलाकृतिहरू मार्फत प्रस्तुत गरे।
Nepal Egypt cultural programme
राजदूतावासका अनुसार, प्रतियोगितामा सहभागी बालबालिकाले नेपालको कला, संस्कृति, इतिहास, प्राकृतिक सम्पदा, र जीवन झल्काउने गरी पशुपतिनाथ, स्वयम्भूनाथ, बौद्धनाथ, तलेजु भवानी, हिमाल, बुद्ध, र कुमारीजस्ता चित्रहरू तयार पारे।

कार्यक्रमको अवसरमा नेपालसम्बन्धी प्रदर्शनी र कार्यशाला पनि आयोजना गरियो। प्रतियोगितामा कायरोका विभिन्न विद्यालयमा अध्ययनरत करिब १०० इजिप्टेली विद्यार्थीहरूको सहभागिता थियो।

कार्यक्रमको उद्घाटन नेपालका इजिप्टका राजदूत सुशील कुमार लम्साल, इजिप्ट सुप्रीम कल्चरल काउन्सिलका महासचिव प्रा. डा. अशरफ अजाजी, र नेसनल चिल्ड्रेन कल्चर सेन्टरका प्रमुख अहमद अब्देल अलिमले संयुक्त रूपमा गरे।

यस अवसरमा, राजदूत लम्सालले कार्यक्रमले इजिप्टका बालबालिकाबीच नेपालका सांस्कृतिक र प्राकृतिक विशेषता तथा नेपाल-इजिप्ट सम्बन्धबारे जानकारी प्रदान गर्न सहयोग पुर्‍याएको बताए।

सांस्कृतिक काउन्सिलका महासचिव अजाजी र नेसनल चिल्ड्रेन कल्चर सेन्टरका प्रमुख अलिमले सहभागी बालबालिकाको रचनात्मक कलाको प्रशंसा गर्दै यस्ता कार्यक्रमहरू आगामी दिनमा पनि जारी रहने विश्वास व्यक्त गरे।

कार्यक्रममा प्रतियोगितामा दशौं स्थान हासिल गर्ने बालबालिकालाई राजदूत लम्सालले पदक र प्रशंसापत्र प्रदान गरे।

यस अवसरमा नेपाली कलाकृति र हस्तकलाको प्रदर्शनीसहित इजिप्टेली नृत्य र सांस्कृतिक कार्यक्रमको पनि आयोजना गरियो।

Krishna Paksha Thapa
Krishna Paksha Thapahttp://kanxey.com
Krishna Paksha Thapa, aka "Kanxey," is an artist and storyteller (From Nepal, based in Israel ) who weaves stories through lines, colors, and imagination. (चित्र र कथाहरू ❤️)
00:04:53

Isolation – Shristi Pradhan

🎥 नेपाली सिर्जनाकर्ता सृष्टि प्रधानको एनिमेटेड फिल्म Isolation -...
00:17:14

Return to Hairy Hill – रिटर्न टु ह्यारी हिल

क्यानडा, अल्बर्टाको सानो गाउँ हेरी हिलमा एकान्त र सुनसान...

The Legend of Shankhadhar – शंखधरया बाखं

शङ्खधरया बाखं - The legend of Shankhadhar नेपालको सांस्कृतिक र...

द रेड स्कार्फ

द रेड स्कार्फ एउटा मार्मिक एनिमेटेड छोटो चलचित्र हो,...
spot_img