🎥 नेपाली सिर्जनाकर्ता सृष्टि प्रधानको एनिमेटेड फिल्म Isolation – Shristi Pradhan 🎥
यो कथा एक यस्तो केटीको बारेमा हो जसलाई आफ्नो घर बाहिरको संसारको सबै कुराले चिन्तित बनाउँछ। ऊ आफ्नो सहजताबाट बाहिर निस्केर नयाँ वातावरणमा घुलमिल गर्न चाहन्छे, तर सामाजिक हुने मौका पाए पनि हरेक पटक गडबड गरिदिन्छे। दिनहरू बारम्बार दोहोरिइरहेको डरले पनि उसलाई सहयोग गर्दैन। अरूले आफूलाई कसरी बुझ्छन् भन्ने डर र गलत कुरा बोल्ने त्रासले उसलाई सामाजिक रूपमा एक्लो बनाउँछ। उसको हिचकिचाहट, आत्मविश्वासको कमी, र अत्यधिक सोचाइले नयाँ साथी बनाउन पाएको अन्तिम मौका समेत गुमाइदिन्छ।
किन उसले आफैँले बोल्न सक्दिन?
ऊ आफैँलाई सोध्छे।
ध्वनि प्रयोग गर्ने प्रयास
यस स्टप मोसन एनिमेसनका सर्जकले फिल्मको विवरणमा लेख्नु भएको छ – कि उहाँले ध्वनि र क्यामेराका कोणहरू प्रयोग गरेर पात्रको मानसिक अवस्थालाई देखाउने प्रयास गर्नु भएको छ । जब ऊ कसैलाई भेट्न जाँदा मनमा डराउँछे, त्यो अवस्थामा उहाँले नजिकको शट र उसको वरपरको ध्वनिलाई मधुरो बनाएर उसको अत्यधिक सोचाइलाई देखाउन खोज्नु भएको छ । उहाँले आफ्नो युकुलेले (Ukulele) बाट नोटहरू (C र C# सँगै) बजाएर तनावको ध्वनि बनाउन प्रयोग गर्नु भएको छ ।
जब फिल्मकी पात्रले साहस बटुलेर आफ्नो सहजताको घेरा बाहिर निस्कने आँट गर्छे, त्यो महसुस गराउने ध्वनि सर्जकले आशावादी नोट (G major) र एउटा सास फेर्ने आवाजसँग जोड्नुभएको छ । तर, जब उनले महसुस गर्छिन कि उनी ढिलो भइसकेकी छन र गुलाबी कपाल भएकी महिला गइसकेकी छिन्, उनी निराश हुन्छिन र टाउको झुकाउछिन । त्यो भावलाई उहाँले दुःखी नोट (D#, D, C) को साथ जोड्नु भएको छ ।
यो कथाले तपाईंलाई सामाजिक भय र नयाँ अनुभवहरूलाई स्विकार्न संघर्ष गरिरहेका व्यक्तिहरूको भावना बुझ्न मद्दत गर्छ। 🙏
👉 फिल्म हेर्न नबिर्सनुहोस् !



