कम्प्युटरको कामबाट दिक्क भएपछि कर्मचारीले आफ्नै औंला काटे

थप चलचित्र

दाउरे र चन्दनको बगैँचा

🌿 चन्दनको सुगन्ध र जीवनको मूल्य | एउटा राजा,...
00:06:30

क्रिएशन (Alkotás / Creation)

'क्रिएशन (Creation)' हंगेरीका निर्देशक बेला क्लिङ्गल (Béla Klingl) द्वारा...

Protected: Wander to Wonder (विस्मयतिर भौतारिदै)

पुरै चलचित्र हेर्न यहाँ जानुहोस Wander to Wonder तीन...
00:03:19

डार्क ग्लोब

Dark Globe short film by Donato Sansone यो छोटो फिल्मले...

द रेड स्कार्फ

द रेड स्कार्फ एउटा मार्मिक एनिमेटेड छोटो चलचित्र हो,...

सामाजिक संजालमा बाड्नुहोस्

भारतको गुजरातस्थित सुरतमा एक अनौठो घटना भएको छ। गहना बनाउने कम्पनीमा कम्प्युटर अपरेटरको रूपमा काम गर्ने ३२ वर्षीय मेयुर तारापराले आफ्नो चार औंला आफैं काटेका छन्।

प्रहरीको अनुसन्धानका क्रममा मेयुरले कामको अत्यधिक दबाब र पारिवारिक जिम्मेवारीका कारण जागिर छोड्न नसकेको र त्यसैले यस्तो कदम चालेको स्वीकार गरेका छन्।

उनले धारिलो हतियार प्रयोग गरी अमरोली रिङ रोडमा आफ्नो बायाँ हातका चार औंला काटेका थिए।

मेयुरले सुरुमा प्रहरीलाई वेदान्त सर्कल नजिक पिसाब फेर्ने क्रममा बेहोस भएको र होसमा आउँदा औंला काटिएको अवस्थामा आफूलाई फेला पारेको दाबी गरेका थिए।

उनका अनुसार, ८ डिसेम्बरमा साथीको घर जाँदै गर्दा रिङ रोडमा उनको टाउको दुख्न थाल्यो, चक्कर लाग्यो, र अचेत भई ढले। होस खुल्दा उनले औंला काटिएको पत्ता लगाए। बयानमा उनले आफ्नो औंला कसैले कालो जादुका लागि काटेको हुनसक्ने बताएका थिए। तर प्रहरीलाई उनको भनाइ बनावटी लाग्यो।

घटनास्थलमा कुनै प्रमाण फेला नपरेपछि प्रहरी शंका गर्न थाल्यो। उनका मोबाइल, मोटरसाइकल, र नगद सुरक्षित थिए, तर काटिएका औँला कहीँ भेटिएनन्।

पछि अनुसन्धानका क्रममा मेयुरले सत्य स्वीकार गरे। अत्यधिक कामको दबाब र जागिर छोड्न नसक्दा झोकमा उनले औंला काटेको बताए। उनले धारिलो चक्कु किनेपछि अमरोली रिङ रोडमा मोटरसाइकल रोकेर राति १० बजे चार औंला काटेका थिए। रक्तस्राव रोक्न उनले कुहिनोमा डोरी बाँधेका थिए र काटिएका औँला र चक्कु झोलामा राखेर फालेका थिए।

हाल प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

Krishna Paksha Thapa
Krishna Paksha Thapahttp://kanxey.com
Krishna Paksha Thapa, aka "Kanxey," is an artist and storyteller (From Nepal, based in Israel ) who weaves stories through lines, colors, and imagination. (चित्र र कथाहरू ❤️)
00:04:53

Isolation – Shristi Pradhan

🎥 नेपाली सिर्जनाकर्ता सृष्टि प्रधानको एनिमेटेड फिल्म Isolation -...
00:17:14

Return to Hairy Hill – रिटर्न टु ह्यारी हिल

क्यानडा, अल्बर्टाको सानो गाउँ हेरी हिलमा एकान्त र सुनसान...

The Legend of Shankhadhar – शंखधरया बाखं

शङ्खधरया बाखं - The legend of Shankhadhar नेपालको सांस्कृतिक र...

द रेड स्कार्फ

द रेड स्कार्फ एउटा मार्मिक एनिमेटेड छोटो चलचित्र हो,...
spot_img