कम्प्युटरको कामबाट दिक्क भएपछि कर्मचारीले आफ्नै औंला काटे

थप चलचित्र

00:10:29

My Wonderful Life

“My Wonderful Life”: अस्पतालको शय्यामा आमाले पाएको स्वतन्त्रता सिंगापुरी निर्देशक...

Shimmer (Fulgores): Oscar Nominated एनिमेटेड लघुचलचित्र

Shimmer (स्पेनिस भाषामा Fulgores) मेक्सिको सिटीको Escena School of...

AI ट्रेलर ‘द गिफ्टेड’ ले जित्यो $२.५ मिलियनको XPRIZE

कृत्रिम बुद्धिमत्ता (AI) को प्रयोगबाट बनाइएको एउटा ट्रेलरले विश्वको...
00:07:20

Girl in the Water

“Girl in the Water”: चिसो भित्ता, पुरानो दाग र...

दाउरे र चन्दनको बगैँचा

🌿 चन्दनको सुगन्ध र जीवनको मूल्य | एउटा राजा,...

सामाजिक संजालमा बाड्नुहोस्

भारतको गुजरातस्थित सुरतमा एक अनौठो घटना भएको छ। गहना बनाउने कम्पनीमा कम्प्युटर अपरेटरको रूपमा काम गर्ने ३२ वर्षीय मेयुर तारापराले आफ्नो चार औंला आफैं काटेका छन्।

प्रहरीको अनुसन्धानका क्रममा मेयुरले कामको अत्यधिक दबाब र पारिवारिक जिम्मेवारीका कारण जागिर छोड्न नसकेको र त्यसैले यस्तो कदम चालेको स्वीकार गरेका छन्।

उनले धारिलो हतियार प्रयोग गरी अमरोली रिङ रोडमा आफ्नो बायाँ हातका चार औंला काटेका थिए।

मेयुरले सुरुमा प्रहरीलाई वेदान्त सर्कल नजिक पिसाब फेर्ने क्रममा बेहोस भएको र होसमा आउँदा औंला काटिएको अवस्थामा आफूलाई फेला पारेको दाबी गरेका थिए।

उनका अनुसार, ८ डिसेम्बरमा साथीको घर जाँदै गर्दा रिङ रोडमा उनको टाउको दुख्न थाल्यो, चक्कर लाग्यो, र अचेत भई ढले। होस खुल्दा उनले औंला काटिएको पत्ता लगाए। बयानमा उनले आफ्नो औंला कसैले कालो जादुका लागि काटेको हुनसक्ने बताएका थिए। तर प्रहरीलाई उनको भनाइ बनावटी लाग्यो।

घटनास्थलमा कुनै प्रमाण फेला नपरेपछि प्रहरी शंका गर्न थाल्यो। उनका मोबाइल, मोटरसाइकल, र नगद सुरक्षित थिए, तर काटिएका औँला कहीँ भेटिएनन्।

पछि अनुसन्धानका क्रममा मेयुरले सत्य स्वीकार गरे। अत्यधिक कामको दबाब र जागिर छोड्न नसक्दा झोकमा उनले औंला काटेको बताए। उनले धारिलो चक्कु किनेपछि अमरोली रिङ रोडमा मोटरसाइकल रोकेर राति १० बजे चार औंला काटेका थिए। रक्तस्राव रोक्न उनले कुहिनोमा डोरी बाँधेका थिए र काटिएका औँला र चक्कु झोलामा राखेर फालेका थिए।

हाल प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

Krishna Paksha Thapa
Krishna Paksha Thapahttp://kanxey.com
Krishna Paksha Thapa, aka "Kanxey," is an artist and storyteller (From Nepal, based in Israel ) who weaves stories through lines, colors, and imagination. (चित्र र कथाहरू ❤️)

द रेड स्कार्फ

द रेड स्कार्फ एउटा मार्मिक एनिमेटेड छोटो चलचित्र हो,...
00:17:14

Return to Hairy Hill – रिटर्न टु ह्यारी हिल

क्यानडा, अल्बर्टाको सानो गाउँ हेरी हिलमा एकान्त र सुनसान...

The Legend of Shankhadhar – शंखधरया बाखं

शङ्खधरया बाखं - The legend of Shankhadhar नेपालको सांस्कृतिक र...
spot_img