हङकङमा २५०० पाण्डा मूर्तिहरूसहितको विशेष प्रदर्शनी!

थप चलचित्र

दाउरे र चन्दनको बगैँचा

🌿 चन्दनको सुगन्ध र जीवनको मूल्य | एउटा राजा,...
00:06:30

क्रिएशन (Alkotás / Creation)

'क्रिएशन (Creation)' हंगेरीका निर्देशक बेला क्लिङ्गल (Béla Klingl) द्वारा...

Protected: Wander to Wonder (विस्मयतिर भौतारिदै)

पुरै चलचित्र हेर्न यहाँ जानुहोस Wander to Wonder तीन...
00:03:19

डार्क ग्लोब

Dark Globe short film by Donato Sansone यो छोटो फिल्मले...

द रेड स्कार्फ

द रेड स्कार्फ एउटा मार्मिक एनिमेटेड छोटो चलचित्र हो,...

सामाजिक संजालमा बाड्नुहोस्

हङकङमा २५०० पान्डा मूर्तिहरूसहितको विशेष प्रदर्शनी!

हङकङको ओसियन पार्कले यस वर्ष बेइजिङबाट नयाँ पान्डाहरू ल्यायो। वन्यजन्तु संरक्षणको महत्त्वलाई जोड दिँदै, हङकङले आफ्नो सबैभन्दा ठुलो पान्डा-थीमयुक्त कलात्मक प्रदर्शनी आयोजना गरेको छ।

त्सिम सा त्सुईको एभेन्यु अफ स्टार्समा २५०० मनमोहक पान्डा मूर्तिहरू प्रदर्शन गरिएका छन् । “PANDA GO! FEST HK” नामक यो प्रदर्शनीले हङकङको पर्यटनलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।

यस प्रदर्शनी अन्तर्गत हजारौँ विशाल पान्डा मूर्तिहरूले स्थानीय बासिन्दा र पर्यटकहरूको स्वागत गरे। पान्डा मूर्तिहरूको च्यारिटी लिलामीबाट प्राप्त रकम ओसियन पार्कमार्फत पान्डा संरक्षणमा लगानी गरिनेछ।

Panda Sculptures Hongkong

२५०० पान्डा मूर्तिहरू त्यसपछि यसै महिनामा तीन अन्य स्थानहरूमा प्रदर्शन गरिए । दोस्रो स्थान लान्ताउ टापुको Ngong Ping 360 रह्यो भने तेस्रो स्थान साउदर्न जिल्लाको ओसियन पार्क भयो, यी क्युट सुन्दर पान्डाहरूको स्वागत गर्ने अन्तिम स्थान क्रिसमस र बक्सिङ डेमा सन याट सेन मेमोरियल पार्क हो।

ओसियन पार्क यस वर्ष बेइजिङबाट उपहारस्वरूप प्राप्त दुई पान्डा, तिनका जुम्ल्याहा बच्चा र अभिभावकहरूको घर हो। पुनः प्रयोग गरिएका रबरका ब्यारेल र रेजिनजस्ता सामग्रीबाट बनेका विशेष मूर्तिहरू यिनै पान्डाबाट प्रेरित छन्।

प्रदर्शनीले स्थानीय बासिन्दा र पर्यटकहरूलाई आकर्षित गर्‍यो, जसमा धेरैले फोटो खिच्न पान्डा मूर्तिहरूसँग नजिक पुग्न चाहेका थिए।
बिचबिचमा पान्डा गाइड पनि थिए जसले पान्डा सुट लगाएर मानिसहरूसँग तस्बिर खिचाएर उनीहरूलाई मनोरञ्जन दिए ।

Krishna Paksha Thapa
Krishna Paksha Thapahttp://kanxey.com
Krishna Paksha Thapa, aka "Kanxey," is an artist and storyteller (From Nepal, based in Israel ) who weaves stories through lines, colors, and imagination. (चित्र र कथाहरू ❤️)
00:04:53

Isolation – Shristi Pradhan

🎥 नेपाली सिर्जनाकर्ता सृष्टि प्रधानको एनिमेटेड फिल्म Isolation -...
00:17:14

Return to Hairy Hill – रिटर्न टु ह्यारी हिल

क्यानडा, अल्बर्टाको सानो गाउँ हेरी हिलमा एकान्त र सुनसान...

The Legend of Shankhadhar – शंखधरया बाखं

शङ्खधरया बाखं - The legend of Shankhadhar नेपालको सांस्कृतिक र...
spot_img