कलाकारहरूले लन्डनको टेट म्युजियमलाई इजरायल सम्बन्धित दाताहरूबाट अलग हुन माग गरे

थप चलचित्र

दाउरे र चन्दनको बगैँचा

🌿 चन्दनको सुगन्ध र जीवनको मूल्य | एउटा राजा,...
00:06:30

क्रिएशन (Alkotás / Creation)

'क्रिएशन (Creation)' हंगेरीका निर्देशक बेला क्लिङ्गल (Béla Klingl) द्वारा...

Protected: Wander to Wonder (विस्मयतिर भौतारिदै)

पुरै चलचित्र हेर्न यहाँ जानुहोस Wander to Wonder तीन...
00:03:19

डार्क ग्लोब

Dark Globe short film by Donato Sansone यो छोटो फिल्मले...

द रेड स्कार्फ

द रेड स्कार्फ एउटा मार्मिक एनिमेटेड छोटो चलचित्र हो,...

सामाजिक संजालमा बाड्नुहोस्

६०० भन्दा बढी कलाकार र कला क्षेत्रका कामदारहरूले लन्डनको टेट म्युजियमलाई इजरायलसँग वित्तीय सम्बन्ध भएका कला संस्थाहरूबाट अलग हुन खुला पत्र लेखेका छन्।

यो पत्र डिसेम्बर ३ मा हुने टर्नर पुरस्कार समारोहभन्दा अगाडि टेट नेतृत्वलाई सम्बोधन गरिएको हो। पत्रमा जब्लुडोविक्ज आर्ट ट्रस्ट, जब्लुडोविक्ज आर्ट प्रोजेक्ट्स, र आउटसेट कन्टेम्परेरी आर्ट फन्डसँग सम्बन्ध तोड्न माग गरिएको छ। यी संस्थाहरूलाई अनीता र पोजु जब्लुडोविक्ज तथा क्यान्डिडा गर्टलरले अलग–अलग रुपमा चलाइरहेका छन्।

पत्रमा हस्ताक्षर गर्नेहरूमा टर्नर पुरस्कारका मनोनित कलाकार जसलीन कौर, अघिल्ला विजेता चालोट प्रडगर, हेलेन क्यामक, र लोरेन्स अबु हाम्दानसहित अन्य चर्चित कलाकारहरू छन्।

पत्रमा यी संस्थाहरूका संस्थापकहरूलाई गाजामा इजरायलले अपनाएको “नरसंहार” नीतिहरूसँग सम्बन्धित भएको आरोप लगाइएको छ। अन्तर्राष्ट्रिय न्यायालय (ICJ) र संयुक्त राष्ट्रसंघले इजरायलका सैनिक कदमहरू नरसंहार र रंगभेदी शासनसँग मिल्दोजुल्दो भएको बताएपछि यसलाई पुष्टि गरेको भनिएको छ।

पत्रले जब्लुडोविक्ज आर्ट ट्रस्ट र आउटसेट कन्टेम्परेरी आर्ट फन्डलाई “आर्टवाशिङ” मा संलग्न गराएको आरोप लगाएको छ। “आर्टवाशिङ” भन्नाले राजनीतिक रूपमा विवादास्पद सम्बन्धहरू ढाकछोप गर्न कला र सङ्ग्रहालयसँगको साझेदारीलाई प्रयोग गरिने भनिन्छ।

सन् २०२३ मा जब्लुडोविक्ज परिवारले लन्डनस्थित आफ्नो निजी सङ्ग्रहालय बन्द गरे। यो निर्णय उनीहरूको इजरायल समर्थक समूहहरूसँगको व्यवसायिक सम्बन्धलाई लिएर दशकौंदेखि भइरहेको आलोचनापछि आएको हो।

पत्रमा टेटले पहिले रुसी दाताहरूबाट अलग भएको उदाहरण दिँदै, युक्रेनमाथिको आक्रमणपछि जस्तै फिलिस्तिनका लागि पनि कदम चाल्न आग्रह गरिएको छ। “टेटले इजरायली राज्यसँगको सम्बन्ध तोड्न नैतिक कर्तव्य राख्छ,” पत्रले भनेको छ।

यसअघि, गोल्डस्मिथ्स विश्वविद्यालयका विद्यार्थीहरूले गोल्डस्मिथ्स सेन्टर फर कन्टेम्परेरी आर्टलाई गर्टलर परिवारसँगको सम्बन्ध अन्त्य गर्न दबाब दिएका थिए। क्यान्डिडा गर्टलर, जो आउटसेट कन्टेम्परेरी आर्ट फन्डकी निर्देशक हुन्, टेटका लागि आधुनिक कला खरिद गर्न दशकौंदेखि सहकार्य गर्दै आएकी छिन्।

विद्यार्थीहरूले गर्टलर परिवारलाई इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँगको सम्बन्ध र उनका राजनीतिक अभियानहरूलाई आर्थिक सहयोग गरेको भन्दै विरोध गरेका थिए।

Krishna Paksha Thapa
Krishna Paksha Thapahttp://kanxey.com
Krishna Paksha Thapa, aka "Kanxey," is an artist and storyteller (From Nepal, based in Israel ) who weaves stories through lines, colors, and imagination. (चित्र र कथाहरू ❤️)
00:04:53

Isolation – Shristi Pradhan

🎥 नेपाली सिर्जनाकर्ता सृष्टि प्रधानको एनिमेटेड फिल्म Isolation -...
00:17:14

Return to Hairy Hill – रिटर्न टु ह्यारी हिल

क्यानडा, अल्बर्टाको सानो गाउँ हेरी हिलमा एकान्त र सुनसान...

The Legend of Shankhadhar – शंखधरया बाखं

शङ्खधरया बाखं - The legend of Shankhadhar नेपालको सांस्कृतिक र...

द रेड स्कार्फ

द रेड स्कार्फ एउटा मार्मिक एनिमेटेड छोटो चलचित्र हो,...
spot_img