Return to Hairy Hill – रिटर्न टु ह्यारी हिल

थप चलचित्र

दाउरे र चन्दनको बगैँचा

🌿 चन्दनको सुगन्ध र जीवनको मूल्य | एउटा राजा,...
00:06:30

क्रिएशन (Alkotás / Creation)

'क्रिएशन (Creation)' हंगेरीका निर्देशक बेला क्लिङ्गल (Béla Klingl) द्वारा...

Protected: Wander to Wonder (विस्मयतिर भौतारिदै)

पुरै चलचित्र हेर्न यहाँ जानुहोस Wander to Wonder तीन...
00:03:19

डार्क ग्लोब

Dark Globe short film by Donato Sansone यो छोटो फिल्मले...

द रेड स्कार्फ

द रेड स्कार्फ एउटा मार्मिक एनिमेटेड छोटो चलचित्र हो,...

सामाजिक संजालमा बाड्नुहोस्

क्यानडा, अल्बर्टाको सानो गाउँ हेरी हिलमा एकान्त र सुनसान एक घरमा, एथे नामक एक किशोरी आफ्ना तीन साना भाइबहिनीहरूसँग बस्छिन्। उनीहरूको आमासँगको सम्बन्धमा ममताको अभाव छ, त्यो अपरिपक्व र धमिलो छ । एक दिन आमा रहस्यमय रूपमा पन्छीमा परिणत भई उडेर जान्छिन्। अब एथे सँग आफ्ना भाइबहिनीहरूको जीवनयापनका लागि एक्लै सङ्घर्ष गर्नुपर्ने हुन्छ।

निर्देशक ड्यानियल गाइसले ‘Return to Hairy Hill’ को कथा इमिली पेजसँग मिलेर लेखेका हुन्, जससँग उनले मोन्ट्रियल स्थित स्टुडियो E.D. Films को सह-संस्थापन गरेका थिए। यो छोटो फिल्म गाइसको हजुरआमा, मारी-एन एथे गर्निएरको जीवनको सत्य घटनामा आधारित छ, जो १९४० मा अल्बर्टाको हेरी हिलमा जन्मेका थिइन्।

ब्ल्याक एन्ड व्हाइट रङ्गमा प्रस्तुत गरिएको यस कथामा खेल्ने पात्रहरू कागजका अद्भुत आकृतिहरूद्वारा बनाइएका छन्, जो हिमाली क्षेत्रको पाखोमा फैलिएको सपना जस्तो परिप्रेक्ष्यमा घुम्छन् । शीत काल नजिक आइरहेको कथा छ, दृश्यमा हिउँदको मौसम, हिमपात र चिसो कठ्याङ्ग्रिने सिरेटो महसुस गर्न सकिन्छ ।

कागज यस कथामा प्रयोग भएको मुख्य तत्त्व हो, जसले मानव पात्रहरूको अस्थिरता र नाजुकतालाई प्रस्तुत गर्न मद्दत गरेको छ । जसमा वातावरणसँगको विरोधाभास पाइन्छ । स्टप मोसन सँगै 3D कम्प्युटर ग्राफिक्सको प्रयोग गरेर सिनेमा निर्माण भएको छ जसले स्टप-मोशन कठपुतलीहरूको चरित्रमा प्रभाव सिर्जना गरेका छन् ।

यो प्रोजेक्टले दूर दराजका र प्रायः कठोर वातावरणमा बसोबास गर्नेहरूको जीवनको अनुभवलाई चित्रित गर्दछ। जब एथे आफ्ना भाइबहिनीहरूलाई वन्यजन्तुमा परिवर्तन हुँदै देख्छे, उनीसँग दुई प्रमुख विकल्प हुन्छ: के उनी पनि आफैँ आफ्नो रूप परिवर्तन गर्नेछिन् या भाग्यलाई चुनौती दिँदै नयाँ जीवनमा पाइला राख्नेछिन् ।

वास्तविक कागजका कठपुतलीहरूले पात्रहरूको रूप र मूर्तिकला प्रस्तुत गरेका छन्, र प्रकाश र छायाको प्रभावले परिचित र अपरिचित बिचको तनावपूर्ण सम्बन्धलाई प्रस्ट पार्दछ। विभिन्न शैलीहरूको मिश्रण गर्दै, यस एनिमेसनमा 3D चित्रकला जस्तै बनाएका बनहरू, शिल्पगत विवरणहरू, र क्लासिकल 2D लगायत बहु आयामिक प्रविधिहरू समावेश गरिएका छन्। सिनेमाका चिसा कठ्यांग्रिने मौसम र सम्बन्धको चिसोपनाले जो कसैलाई भावुक बनाउछ, व्यक्तिगत रूपमा एनिमेसन मलाइ असाध्य मन पर्‍यो ।

Krishna Paksha Thapa
Krishna Paksha Thapahttp://kanxey.com
Krishna Paksha Thapa, aka "Kanxey," is an artist and storyteller (From Nepal, based in Israel ) who weaves stories through lines, colors, and imagination. (चित्र र कथाहरू ❤️)
00:04:53

Isolation – Shristi Pradhan

🎥 नेपाली सिर्जनाकर्ता सृष्टि प्रधानको एनिमेटेड फिल्म Isolation -...

The Legend of Shankhadhar – शंखधरया बाखं

शङ्खधरया बाखं - The legend of Shankhadhar नेपालको सांस्कृतिक र...

द रेड स्कार्फ

द रेड स्कार्फ एउटा मार्मिक एनिमेटेड छोटो चलचित्र हो,...
spot_img