“Mother” भारतीय एनिमेटर र चित्रकार गौरव वकणकरद्वारा निर्देशित एक छोटो एनिमेटेड फिल्म हो। यो फिल्ममा एक आमा र छोराको भावनात्मक यात्रा प्रस्तुत गरिएको छ, जसले उनीहरूको दैनिक जीवनमा आउने चुनौतीहरू र उनीहरूले गर्नुपर्ने कठिन निर्णयहरूलाई देखाइएको छ ।
यस चलचित्रले सामाजिक, नैतिक र मानवीय मूल्यहरूको गहिरो अध्ययन गर्दछ। कथा एक आमा र छोराको बीचमा रहेको सम्बन्धको वरिपरि घुम्छ, जो दैनन्दिन परिश्रमका क्रममा एउटा अनौठो र खतरनाक परिस्थितिमा फस्छन्। यस्तो अवस्थामा, उनीहरूले सही र गलतबीचको सीमारेखाको सामना गर्नुपर्ने हुन्छ। एउटी आमाको सन्तानप्रतिको ममता कतिसम्म हुन्छ भन्ने यस फिल्मले बुझाउछ जहाँ सन्तानको रक्षाको लागि उनी कुन हदसम्म जान सक्छिन भनेर दर्शाइएको छ ।
“मदर” लाई गौरव वकणकरले सजीव, कलात्मक र प्रभावशाली ढंगले निर्देशन गरेका छन्। फिल्ममा प्रयोग भएका रङहरू, एनिमेशन शैली र साउन्ड डिजाइनले दर्शकलाई गहिरो भावनात्मक प्रभाव पार्छ। यो फिल्मले १५ भन्दा बढी अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरूमा आफ्नो उपस्थिति जनाइसकेको छ र दर्शकहरूबाट प्रशंसा पाएको चलचित्र हो ।
“मदर” ले छोटो अवधिमा गहिरो सन्देश दिने मात्र होइन, समाजमा चेतना जगाउने र हाम्रो सम्बन्धप्रतिको दृष्टिकोणलाई परिभाषित गर्ने प्रयास पनि गरेको छ। गौरव वकणकरको निर्देशन र कथावाचन कौशलले यो चलचित्रलाई अद्वितीय बनाएको छ।



