यस वर्ष ‘राष्ट्रिय ललितकला प्रदर्शनी’ स्थगित

थप चलचित्र

00:06:30

क्रिएशन (Alkotás / Creation)

'क्रिएशन (Creation)' हंगेरीका निर्देशक बेला क्लिङ्गल (Béla Klingl) द्वारा...

Protected: Wander to Wonder (विस्मयतिर भौतारिदै)

पुरै चलचित्र हेर्न यहाँ जानुहोसWander to Wonder तीन...
00:03:19

डार्क ग्लोब

Dark Globe short film by Donato Sansone यो छोटो फिल्मले...

द रेड स्कार्फ

द रेड स्कार्फ एउटा मार्मिक एनिमेटेड छोटो चलचित्र हो,...

BASHA – Animated short film

BASHA एउटा भावुक एनिमेटेड छोटो चलचित्र हो, जसले दुई...

सामाजिक संजालमा बाड्नुहोस्

नेपाली ललितकला क्षेत्रको सबैभन्दा प्रतिष्ठित र वार्षिक रूपमा आयोजना हुँदै आएको ‘राष्ट्रिय ललितकला प्रदर्शनी’ यस वर्ष आयोजना नहुने भएको छ। नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले बिहीबार सूचना जारी गर्दै संस्थागत नेतृत्वको अभावका कारण चालु आर्थिक वर्षभित्र प्रदर्शनी सञ्चालन गर्न नसकिने जनाएको हो।

प्रतिष्ठानका अनुसार कुलपतिसहित सम्पूर्ण प्राज्ञ परिषद् सदस्यहरूको पद रिक्त रहेकाले प्रदर्शनी आयोजना गर्ने आवश्यक निर्णय प्रक्रिया अघि बढाउन सम्भव नभएको हो। नयाँ पदाधिकारी नियुक्ति अझै हुन नसकेपछि यस वर्षको राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित मात्र होइन, पूर्ण रूपमा रद्द भएको प्रतिष्ठानले स्पष्ट पारेको छ।

प्रतिष्ठानमा नेतृत्व रिक्त हुनुको मुख्य कारण सरकारले जारी गरेको ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश’ हो। उक्त अध्यादेश कार्यान्वयनमा आएपछि प्रतिष्ठानका कुलपति तथा प्राज्ञ परिषद्का सदस्यहरू गत वैशाखमै पदमुक्त भएका थिए। त्यसयता नयाँ नेतृत्व नियुक्त गर्ने प्रक्रिया टुंगिन नसक्दा प्रतिष्ठानका नियमित गतिविधिसमेत प्रभावित भएका छन्।

यसअघि जेठ १५ गतेदेखि सञ्चालन गर्ने तयारी गरिएको ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८३’ अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको थियो। तर चालु आर्थिक वर्ष समाप्त हुन लाग्दासमेत नयाँ पदाधिकारी नियुक्ति नहुँदा प्रदर्शनी आयोजना गर्ने सम्भावना समाप्त भएको प्रतिष्ठानले जनाएको छ।

प्रतिष्ठानले प्रदर्शनीका लागि बुझाइएका सबै कलाकृतिहरू सम्बन्धित कलाकारहरूले फिर्ता लैजानसमेत अनुरोध गरेको छ। यसका लागि कलाकारहरूलाई प्रतिष्ठानसँग सम्पर्क गरी आफ्ना सिर्जनाहरू जिम्मा लिन आग्रह गरिएको सूचनामा उल्लेख छ।

राष्ट्रिय ललितकला प्रदर्शनी नेपाली चित्रकला, मूर्तिकला, वास्तुकला, लोक तथा परम्परागत कला, समकालीन सिर्जनालगायत विविध विधाका कलाकारहरूलाई एउटै मञ्चमा ल्याउने महत्वपूर्ण वार्षिक कार्यक्रमका रूपमा परिचित छ। प्रदर्शनी नहुने निर्णयले कलाकारहरू, कला पारखी तथा ललितकला क्षेत्रसँग सम्बन्धित व्यक्तिहरू निराश बनेका छन्। उनीहरूले सरकारलाई यथाशीघ्र प्रतिष्ठानमा नयाँ नेतृत्व नियुक्त गरी कला क्षेत्रलाई अन्योलबाट मुक्त गर्न आग्रह गरेका छन्।

उल्लेखनीय छ, सरकारले २०८३ वैशाख १९ गते केही नेपाल ऐनलाई संशोधन गर्न अध्यादेश जारी गरेपछि नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानसहित विभिन्न निकायका पदाधिकारीहरूको कार्यकाल समाप्त भएको थियो। त्यसयता नयाँ नियुक्ति प्रक्रिया अघि नबढ्दा प्रतिष्ठानका नियमित कार्यक्रमहरू प्रभावित हुँदै आएका छन्।

Krishna Paksha Thapa
Krishna Paksha Thapahttp://kanxey.com
Krishna Paksha Thapa, aka "Kanxey," is an artist and storyteller (From Nepal, based in Israel ) who weaves stories through lines, colors, and imagination. (चित्र र कथाहरू ❤️)
00:04:53

Isolation – Shristi Pradhan

🎥 नेपाली सिर्जनाकर्ता सृष्टि प्रधानको एनिमेटेड फिल्म Isolation -...

The Legend of Shankhadhar – शंखधरया बाखं

शङ्खधरया बाखं - The legend of Shankhadhar नेपालको सांस्कृतिक र...
00:17:14

Return to Hairy Hill – रिटर्न टु ह्यारी हिल

क्यानडा, अल्बर्टाको सानो गाउँ हेरी हिलमा एकान्त र सुनसान...

द रेड स्कार्फ

द रेड स्कार्फ एउटा मार्मिक एनिमेटेड छोटो चलचित्र हो,...
spot_img