Banksy ले इजरायल-हमास युद्धको सन्दर्भमा आमा र बालकको चित्र पोस्ट गरे – बढे अनेक अड्कलहरु

थप चलचित्र

00:06:30

क्रिएशन (Alkotás / Creation)

'क्रिएशन (Creation)' हंगेरीका निर्देशक बेला क्लिङ्गल (Béla Klingl) द्वारा...

Wander to Wonder (विस्मयतिर भौतारिदै)

पुरै चलचित्र हेर्न यहाँ जानुहोसWander to Wonder तीन...
00:03:19

डार्क ग्लोब

Dark Globe short film by Donato Sansone यो छोटो फिल्मले...

Madhu Madan – मधु मदन

"Madhu Madan - मधु मदन" एक मन छुने एनिमेटेड...

द रेड स्कार्फ

द रेड स्कार्फ एउटा मार्मिक एनिमेटेड छोटो चलचित्र हो,...

BASHA – Animated short film

BASHA एउटा भावुक एनिमेटेड छोटो चलचित्र हो, जसले दुई...

सामाजिक संजालमा बाड्नुहोस्

कृष्णपक्ष थापा जेरुसलेम
बेलायती सडक कलाकार Banksy ले इन्स्टाग्राममा आमा र बालकलाई चित्रण गर्ने एउटा चित्र पोस्ट गरेपछि यसको अर्थबारे चर्चा र अडकल सुरु भएको छ। यो चित्र एउटा धातुको प्यानलमा बनाइएको छ, जसमा महिलाको स्तनमा खिया लागेको प्वाल देखिन्छ, र बालकले पीडायुक्त आँखाले आमा तर्फ हेरिरहेको देखिन्छ ।

यो चित्र बिना कुनै क्याप्सन राखिएको थियो र बेलायतको समयअनुसार दिउँसो २ बजे देखापरेको थियो। ब्याङ्कसीले यो पेंटिंग कहाँ बनाएका छन ? हालसम्म चित्रको स्थानबारे कुनै जानकारी उपलब्ध हुन सकेको छैन।

सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले यस चित्रको सम्भावित अर्थबारे विभिन्न टिप्पणी गरेपछि यो पोस्ट चर्चाको विषय बन्यो। धेरैले आमा र उनको चोट इजरायल-हमास युद्धले निम्त्याएको दुःखको प्रतीक भएको बताएका छन्।

 एक प्रयोगकर्ताले प्रश्न गरे, “कमेन्ट गर्नेहरू यसलाई प्यालेस्टाइनसँग किन जोडिरहेका छन्?” यसमा कसैले जवाफ दिए, “तिमीलाई थाहा छ, येशु बेथलेहेममा जन्मेका थिए, हैन र?”

अर्को व्यक्तिले लेखे, “[Banksy] गाजा र वेस्ट बैंकको भ्रमणमा गएका थिए। साथै, येशुको जन्मदिन पनि त आउँदै छ। प्यालेस्टाइनी आमाहरूको पीडा र भोकमरीको सन्देश खोजिएको हुनुपर्छ किनभने यिशु बेथलेहेम (प्यालेस्टाइन)मा जन्मिएका हुन्।”

सबैले भने यस चित्रले युद्धलाई सन्दर्भित गरिरहेको विश्वास गरेका छैनन्। एक प्रयोगकर्ताले लेखे, “के यसले आमाको जीवनशैलीले उनको बच्चालाई खुवाउने दूधमा असर पुर्‍याउँछ भन्ने जनाउँछ? वा हाम्रो खानेकुरामा भएको रसायनले आमा हुँदै बच्चासम्म पुग्छ भन्ने हो?”

Banksy ले यसअघि अगस्ट २०२४ मा नौवटा जनावर-थिमयुक्त चित्र लन्डनमा बनाएपछि पहिलो पटक पोस्ट गरेका हुन्। ती चित्रमा हात्ती, बाँदर, ब्वाँसो, माछा, र पेलिकनहरू समावेश थिए, जसको अर्थबारे व्यापक अडकल भए पनि Banksy ले तिनीहरू गम्भीरतापूर्वक लिने काम नभएको बताएका थिए।

Banksy ले Virgin र Child थिममा यसअघि पनि काम गरेका छन्। २००३ मा उनले बनाएको ‘Toxic Mary’ मा म्याडोनाले बालकलाई खोपडी र हड्डीको प्रतीक भएको बोतलबाट दूध खुवाइरहेको देखाइएको थियो।

 

View this post on Instagram

 

A post shared by Banksy (@banksy)

The Legend of Shankhadhar – शंखधरया बाखं

शङ्खधरया बाखं - The legend of Shankhadhar नेपालको सांस्कृतिक र...
00:04:53

नेपाली सर्जक सृष्टि प्रधानको एनिमेटेड फिल्म Isolation – Shristi Pradhan

🎥 नेपाली सिर्जनाकर्ता सृष्टि प्रधानको एनिमेटेड फिल्म Isolation -...
00:17:14

Return to Hairy Hill – रिटर्न टु ह्यारी हिल

क्यानडा, अल्बर्टाको सानो गाउँ हेरी हिलमा एकान्त र सुनसान...

द रेड स्कार्फ

द रेड स्कार्फ एउटा मार्मिक एनिमेटेड छोटो चलचित्र हो,...
spot_img