कान्छे – आत्मकथा (Autobiographical Song)

एक दिन मैले उसलाई छातीभित्र कैद गरेँ र इजरायल उडेँ । बाध्यता र परिस्थिति वश 'कान्छे' लाई मैले धेरै चाहेको तर कम बाँच्न पाएको छु । थाहै भएन कतिखेर हराएँ मरुभूमिका श्रम शिविरहरूमा ? जसरी लाखौँ नेपाली युवा छाडी रहेछन् देश र पोखी रहेछन् पसिना खाडीका ताता बालुवाहरूमा

थप चलचित्र

00:06:30

क्रिएशन (Alkotás / Creation)

'क्रिएशन (Creation)' हंगेरीका निर्देशक बेला क्लिङ्गल (Béla Klingl) द्वारा...

Protected: Wander to Wonder (विस्मयतिर भौतारिदै)

पुरै चलचित्र हेर्न यहाँ जानुहोसWander to Wonder तीन...
00:03:19

डार्क ग्लोब

Dark Globe short film by Donato Sansone यो छोटो फिल्मले...

द रेड स्कार्फ

द रेड स्कार्फ एउटा मार्मिक एनिमेटेड छोटो चलचित्र हो,...

BASHA – Animated short film

BASHA एउटा भावुक एनिमेटेड छोटो चलचित्र हो, जसले दुई...

सामाजिक संजालमा बाड्नुहोस्

मान्छे अनेक पात्र र अनेकौँ भूमिकाहरूमा बाँचेको हुन्छ । ‘कान्छे’ मभित्र बाँचेको एउटा पात्र हो, जो रङ्गसँग खेल्न मन पराउँछ । कुची र क्यानभास उसको आत्मा हो ।
एक दिन मैले उसलाई छातीभित्र कैद गरेँ र इजरायल उडेँ । बाध्यता र परिस्थिति वश ‘कान्छे’ लाई मैले धेरै चाहेको तर कम बाँच्न पाएको छु । थाहै भएन कतिखेर हराएँ मरुभूमिका श्रम शिविरहरूमा ? जसरी लाखौँ नेपाली युवा छाडी रहेछन् देश र पोखी रहेछन् पसिना खाडीका ताता बालुवाहरूमा …

कान्छे
मभित्र बाँचेको –
सानो त्यो मान्छे …

बालापनमा हराइरहेको,
ससानो खुसीमा रमाइरहेको,
खेलिरहेको गुच्चा र चुङ्गी

रङ्ग र कुची सम्झाइरहेको …
गीत र कविता सुनाइरहेको
सपनाको चङ्गा उडाइरहेको
धुलै धुलो त्यो गोरेटोमा
रहरको पाङ्ग्रा गुडाइरहेको …

कान्छे
मबाट कसरी ? छुट्यो त्यो मान्छे ? ..
मबाट खै कहाँ ? छुट्यो त्यो मान्छे ? ..
दौडिरह्यो समयको घोडा, दिन महिना वर्ष र उमेर ..

थाहै भएन
मबाट खै कुन बेला
छुटिसकेछ त्यो मान्छे

फेरिएछ युग उमेर , फेरिएछ घामहरू
फेरिएछ ऋतु मौसम फेरिएछ यामहरू

२ बिसले छोए पनि .. कपालै फुले पनि
जिन्दगीको भाग दौडमा हासे पनि रोए पनि
उ त सधैँ खेलिराख्छ
हाँसिराख्छ, नाचिराख्छ

कान्छे …
हेर त आफैभित्र मन खोलेर तिमी पनि
हृदयको कुनामा लुकिरहेको कतै
छ कि त्यस्तो मान्छे ?

कान्छे …

Krishna Paksha Thapa
Krishna Paksha Thapahttp://kanxey.com
Krishna Paksha Thapa, aka "Kanxey," is an artist and storyteller (From Nepal, based in Israel ) who weaves stories through lines, colors, and imagination. (चित्र र कथाहरू ❤️)
00:04:53

Isolation – Shristi Pradhan

🎥 नेपाली सिर्जनाकर्ता सृष्टि प्रधानको एनिमेटेड फिल्म Isolation -...

The Legend of Shankhadhar – शंखधरया बाखं

शङ्खधरया बाखं - The legend of Shankhadhar नेपालको सांस्कृतिक र...
00:17:14

Return to Hairy Hill – रिटर्न टु ह्यारी हिल

क्यानडा, अल्बर्टाको सानो गाउँ हेरी हिलमा एकान्त र सुनसान...

द रेड स्कार्फ

द रेड स्कार्फ एउटा मार्मिक एनिमेटेड छोटो चलचित्र हो,...
spot_img