हङकङमा २५०० पान्डा मूर्तिहरूसहितको विशेष प्रदर्शनी!
हङकङको ओसियन पार्कले यस वर्ष बेइजिङबाट नयाँ पान्डाहरू ल्यायो। वन्यजन्तु संरक्षणको महत्त्वलाई जोड दिँदै, हङकङले आफ्नो सबैभन्दा ठुलो पान्डा-थीमयुक्त कलात्मक प्रदर्शनी आयोजना गरेको छ।
त्सिम सा त्सुईको एभेन्यु अफ स्टार्समा २५०० मनमोहक पान्डा मूर्तिहरू प्रदर्शन गरिएका छन् । “PANDA GO! FEST HK” नामक यो प्रदर्शनीले हङकङको पर्यटनलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।
यस प्रदर्शनी अन्तर्गत हजारौँ विशाल पान्डा मूर्तिहरूले स्थानीय बासिन्दा र पर्यटकहरूको स्वागत गरे। पान्डा मूर्तिहरूको च्यारिटी लिलामीबाट प्राप्त रकम ओसियन पार्कमार्फत पान्डा संरक्षणमा लगानी गरिनेछ।

२५०० पान्डा मूर्तिहरू त्यसपछि यसै महिनामा तीन अन्य स्थानहरूमा प्रदर्शन गरिए । दोस्रो स्थान लान्ताउ टापुको Ngong Ping 360 रह्यो भने तेस्रो स्थान साउदर्न जिल्लाको ओसियन पार्क भयो, यी क्युट सुन्दर पान्डाहरूको स्वागत गर्ने अन्तिम स्थान क्रिसमस र बक्सिङ डेमा सन याट सेन मेमोरियल पार्क हो।
ओसियन पार्क यस वर्ष बेइजिङबाट उपहारस्वरूप प्राप्त दुई पान्डा, तिनका जुम्ल्याहा बच्चा र अभिभावकहरूको घर हो। पुनः प्रयोग गरिएका रबरका ब्यारेल र रेजिनजस्ता सामग्रीबाट बनेका विशेष मूर्तिहरू यिनै पान्डाबाट प्रेरित छन्।
प्रदर्शनीले स्थानीय बासिन्दा र पर्यटकहरूलाई आकर्षित गर्यो, जसमा धेरैले फोटो खिच्न पान्डा मूर्तिहरूसँग नजिक पुग्न चाहेका थिए। बिचबिचमा पान्डा गाइड पनि थिए जसले पान्डा सुट लगाएर मानिसहरूसँग तस्बिर खिचाएर उनीहरूलाई मनोरञ्जन दिए ।



