Banksy ले इजरायल-हमास युद्धको सन्दर्भमा आमा र बालकको चित्र पोस्ट गरे – बढे अनेक अड्कलहरु

थप चलचित्र

00:10:29

My Wonderful Life

“My Wonderful Life”: अस्पतालको शय्यामा आमाले पाएको स्वतन्त्रता सिंगापुरी निर्देशक...

Shimmer (Fulgores): Oscar Nominated एनिमेटेड लघुचलचित्र

Shimmer (स्पेनिस भाषामा Fulgores) मेक्सिको सिटीको Escena School of...

AI ट्रेलर ‘द गिफ्टेड’ ले जित्यो $२.५ मिलियनको XPRIZE

कृत्रिम बुद्धिमत्ता (AI) को प्रयोगबाट बनाइएको एउटा ट्रेलरले विश्वको...
00:07:20

Girl in the Water

“Girl in the Water”: चिसो भित्ता, पुरानो दाग र...

दाउरे र चन्दनको बगैँचा

🌿 चन्दनको सुगन्ध र जीवनको मूल्य | एउटा राजा,...

सामाजिक संजालमा बाड्नुहोस्

कृष्णपक्ष थापा जेरुसलेम
बेलायती सडक कलाकार Banksy ले इन्स्टाग्राममा आमा र बालकलाई चित्रण गर्ने एउटा चित्र पोस्ट गरेपछि यसको अर्थबारे चर्चा र अडकल सुरु भएको छ। यो चित्र एउटा धातुको प्यानलमा बनाइएको छ, जसमा महिलाको स्तनमा खिया लागेको प्वाल देखिन्छ, र बालकले पीडायुक्त आँखाले आमा तर्फ हेरिरहेको देखिन्छ ।

यो चित्र बिना कुनै क्याप्सन राखिएको थियो र बेलायतको समयअनुसार दिउँसो २ बजे देखापरेको थियो। ब्याङ्कसीले यो पेंटिंग कहाँ बनाएका छन ? हालसम्म चित्रको स्थानबारे कुनै जानकारी उपलब्ध हुन सकेको छैन।

सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले यस चित्रको सम्भावित अर्थबारे विभिन्न टिप्पणी गरेपछि यो पोस्ट चर्चाको विषय बन्यो। धेरैले आमा र उनको चोट इजरायल-हमास युद्धले निम्त्याएको दुःखको प्रतीक भएको बताएका छन्।

 एक प्रयोगकर्ताले प्रश्न गरे, “कमेन्ट गर्नेहरू यसलाई प्यालेस्टाइनसँग किन जोडिरहेका छन्?” यसमा कसैले जवाफ दिए, “तिमीलाई थाहा छ, येशु बेथलेहेममा जन्मेका थिए, हैन र?”

अर्को व्यक्तिले लेखे, “[Banksy] गाजा र वेस्ट बैंकको भ्रमणमा गएका थिए। साथै, येशुको जन्मदिन पनि त आउँदै छ। प्यालेस्टाइनी आमाहरूको पीडा र भोकमरीको सन्देश खोजिएको हुनुपर्छ किनभने यिशु बेथलेहेम (प्यालेस्टाइन)मा जन्मिएका हुन्।”

सबैले भने यस चित्रले युद्धलाई सन्दर्भित गरिरहेको विश्वास गरेका छैनन्। एक प्रयोगकर्ताले लेखे, “के यसले आमाको जीवनशैलीले उनको बच्चालाई खुवाउने दूधमा असर पुर्‍याउँछ भन्ने जनाउँछ? वा हाम्रो खानेकुरामा भएको रसायनले आमा हुँदै बच्चासम्म पुग्छ भन्ने हो?”

Banksy ले यसअघि अगस्ट २०२४ मा नौवटा जनावर-थिमयुक्त चित्र लन्डनमा बनाएपछि पहिलो पटक पोस्ट गरेका हुन्। ती चित्रमा हात्ती, बाँदर, ब्वाँसो, माछा, र पेलिकनहरू समावेश थिए, जसको अर्थबारे व्यापक अडकल भए पनि Banksy ले तिनीहरू गम्भीरतापूर्वक लिने काम नभएको बताएका थिए।

Banksy ले Virgin र Child थिममा यसअघि पनि काम गरेका छन्। २००३ मा उनले बनाएको ‘Toxic Mary’ मा म्याडोनाले बालकलाई खोपडी र हड्डीको प्रतीक भएको बोतलबाट दूध खुवाइरहेको देखाइएको थियो।

 

View this post on Instagram

 

A post shared by Banksy (@banksy)

Krishna Paksha Thapa
Krishna Paksha Thapahttp://kanxey.com
Krishna Paksha Thapa, aka "Kanxey," is an artist and storyteller (From Nepal, based in Israel ) who weaves stories through lines, colors, and imagination. (चित्र र कथाहरू ❤️)

द रेड स्कार्फ

द रेड स्कार्फ एउटा मार्मिक एनिमेटेड छोटो चलचित्र हो,...
00:17:14

Return to Hairy Hill – रिटर्न टु ह्यारी हिल

क्यानडा, अल्बर्टाको सानो गाउँ हेरी हिलमा एकान्त र सुनसान...

The Legend of Shankhadhar – शंखधरया बाखं

शङ्खधरया बाखं - The legend of Shankhadhar नेपालको सांस्कृतिक र...
spot_img