युनिक पोएटले ए आइको आवाज सहित यस्तो म्युजिक भिडियो लिएर आए ..

थप चलचित्र

00:10:29

My Wonderful Life

“My Wonderful Life”: अस्पतालको शय्यामा आमाले पाएको स्वतन्त्रता सिंगापुरी निर्देशक...

Shimmer (Fulgores): Oscar Nominated एनिमेटेड लघुचलचित्र

Shimmer (स्पेनिस भाषामा Fulgores) मेक्सिको सिटीको Escena School of...

AI ट्रेलर ‘द गिफ्टेड’ ले जित्यो $२.५ मिलियनको XPRIZE

कृत्रिम बुद्धिमत्ता (AI) को प्रयोगबाट बनाइएको एउटा ट्रेलरले विश्वको...
00:07:20

Girl in the Water

“Girl in the Water”: चिसो भित्ता, पुरानो दाग र...

दाउरे र चन्दनको बगैँचा

🌿 चन्दनको सुगन्ध र जीवनको मूल्य | एउटा राजा,...

सामाजिक संजालमा बाड्नुहोस्

र्‍यापर तथा सफ्टवेयर इन्जिनियर उत्साह जोशी (युनिक पोइट) र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को सहकार्यमा तयार गरिएको गीत ‘हेभी’ को म्युजिक भिडिओ शुक्रबार सार्वजनिक गरिएको छ। जोशीले उक्त भिडिओ आफ्नो युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन्।

करिब चार महिनाअघि सार्वजनिक भएको ‘हेभी/शुभप्रभात‘ शीर्षकको गीतको शब्द जोशीले नै लेखेका हुन्। गीतको संगीत र महिला आवाज भने एआईले निर्माण गरेको हो।

“धेरैले यसमा गाउने नेपाली युवती को हुन् भनेर सोध्नुभएको थियो,” जोशीले भने, “गीतमा एआईकै आवाज र संगीत प्रयोग गरिएको हो।” यसका लागि उनले नि:शुल्क उपलब्ध सुनो एआई (Suno AI) टुलको प्रयोग गरेका थिए।

जोशीका अनुसार यस गीतको म्युजिक भिडिओले एआई र भर्चुअल रियालिटी (VR) का विषयलाई प्रेमिल ढंगले प्रस्तुत गरेको छ। भिडिओमा भर्चुअल रियालिटीको माध्यमबाट मानिसले कल्पनाभन्दा पर के गर्न सक्छन् भन्ने कथावस्तु समेटिएको छ।

उनले भिडिओको प्रेरणा नेटफ्लिक्सको चर्चित सिरिज ब्ल्याक मिरर बाट लिएको बताएका छन्। प्रविधिको नकारात्मक पक्षलाई उजागर गर्ने सिरिजका रूपमा ब्ल्याक मिरर परिचित छ।

यसअघि, नेपाली ब्यान्ड द भाइब्ज ले पनि एआईको प्रयोग गरी म्युजिक भिडिओ निर्माण गरिसकेको थियो। यो प्रविधि नेपाली संगीत क्षेत्रमा नयाँ सम्भावनाको संकेतको रूपमा हेरिएको छ।

Krishna Paksha Thapa
Krishna Paksha Thapahttp://kanxey.com
Krishna Paksha Thapa, aka "Kanxey," is an artist and storyteller (From Nepal, based in Israel ) who weaves stories through lines, colors, and imagination. (चित्र र कथाहरू ❤️)

द रेड स्कार्फ

द रेड स्कार्फ एउटा मार्मिक एनिमेटेड छोटो चलचित्र हो,...
00:17:14

Return to Hairy Hill – रिटर्न टु ह्यारी हिल

क्यानडा, अल्बर्टाको सानो गाउँ हेरी हिलमा एकान्त र सुनसान...

The Legend of Shankhadhar – शंखधरया बाखं

शङ्खधरया बाखं - The legend of Shankhadhar नेपालको सांस्कृतिक र...
spot_img