नेपाली गेम लुडो १० करोड बढी डाउनलोड

थप चलचित्र

दाउरे र चन्दनको बगैँचा

🌿 चन्दनको सुगन्ध र जीवनको मूल्य | एउटा राजा,...
00:06:30

क्रिएशन (Alkotás / Creation)

'क्रिएशन (Creation)' हंगेरीका निर्देशक बेला क्लिङ्गल (Béla Klingl) द्वारा...

Protected: Wander to Wonder (विस्मयतिर भौतारिदै)

पुरै चलचित्र हेर्न यहाँ जानुहोस Wander to Wonder तीन...
00:03:19

डार्क ग्लोब

Dark Globe short film by Donato Sansone यो छोटो फिल्मले...

द रेड स्कार्फ

द रेड स्कार्फ एउटा मार्मिक एनिमेटेड छोटो चलचित्र हो,...

सामाजिक संजालमा बाड्नुहोस्

काठमाडौं: नेपाली युवाहरूले तयार पारेको नेपाली गेम लुडोले गुगल प्ले स्टोरमा १० करोड डाउनलोडको उपलब्धि हासिल गरेको छ। यार्सा गेमले बनाएको यस एपले १०० मिलियन डाउनलोड पार गरेको हो। यसअघि टेस्ला टेकले तयार पारेको कल ब्रेक पहिलो नेपाली एप बनेको थियो जसले प्ले स्टोरमा १० करोड डाउनलोडको आँकडा पार गरेको थियो।

तीन वर्षअघि लन्च भएको यो एपमा दैनिक २७ लाखभन्दा बढी र मासिक १ करोड ५० लाख सक्रिय प्रयोगकर्ता छन्। यार्सा गेमका सहसंस्थापक एनजे सुवेदीका अनुसार, सबैभन्दा धेरै प्रयोगकर्ता भारतमा रहेका छन्। उनले भने, “भारत, पाकिस्तान, युएई, इन्डोनेसिया, ब्राजिलमा हाम्रो गेम अत्यधिक लोकप्रिय छ। नेपालमा पनि करिब ५० लाख पटक डाउनलोड भएको छ।”

यार्सा गेम्सका अन्य सफलताहरू
पोखरामा रहेको यार्सा गेमले लुडोसहित म्यारिज, कल ब्रेक, रम्मी, धुम्मल, ड्राइभिङ स्कूल,सोलिटायर जस्ता एक दर्जनभन्दा बढी गेम बजारमा ल्याइसकेको छ।

सफलताको सूत्र: सरलता र लोकप्रियता
लुडो विशेष गरी मध्यम उमेर समूहका प्रयोगकर्ताबीच लोकप्रिय छ। एनजे सुवेदी भन्छन्, “हामीले यो गेम अत्यन्तै साधारण र प्रयोग गर्न सजिलो बनाउन ध्यान दियौं। दुई दिनमै तयार पारिएको यो एपको साधारण यूआई/यूएक्स प्रयोगकर्ताहरूलाई मन परेको मुख्य कारण हो।”

लुडो गेम एक्लै खेल्न होस् वा साथीभाइ र परिवारसँग रमाइलो गर्न, सबैका लागि लोकप्रिय बनेको छ। यार्सा गेमले अन्तर्राष्ट्रिय गेमहरूसँग प्रतिस्पर्धा गर्दै यो सफलता हासिल गरेको छ।

Krishna Paksha Thapa
Krishna Paksha Thapahttp://kanxey.com
Krishna Paksha Thapa, aka "Kanxey," is an artist and storyteller (From Nepal, based in Israel ) who weaves stories through lines, colors, and imagination. (चित्र र कथाहरू ❤️)
00:04:53

Isolation – Shristi Pradhan

🎥 नेपाली सिर्जनाकर्ता सृष्टि प्रधानको एनिमेटेड फिल्म Isolation -...
00:17:14

Return to Hairy Hill – रिटर्न टु ह्यारी हिल

क्यानडा, अल्बर्टाको सानो गाउँ हेरी हिलमा एकान्त र सुनसान...

The Legend of Shankhadhar – शंखधरया बाखं

शङ्खधरया बाखं - The legend of Shankhadhar नेपालको सांस्कृतिक र...

द रेड स्कार्फ

द रेड स्कार्फ एउटा मार्मिक एनिमेटेड छोटो चलचित्र हो,...
spot_img